दमककाे दुर्घटनामा पाँचथरका यूवाकाे मृत्यु

१८ फाल्गुण २०७९, झापा– झापाको दमकमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाइते भएका छन् । दमक २ स्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा मिक्लाजुगं गाउँपालिका वडा नं. ५ पाँचथरका ३६ बर्षिय आशिष लावतीको मृत्यु भएको हो । बुधबार भएको सो दुर्घटनाका घाईते लावतीको उपचारको क्रममा आम्दा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका २६ बर्षिय महेन्द्र लावती गम्भिर घाइते भएका छन् । उहाँको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाईतेको उपचारका लागि आर्थिक अभाव भएकाले कुरुम्बेली समाज संघले सहयोग संकलन गरिरहेको संघका प्रवक्ता गगन लावतीले जानकारी दिनु भयाे । संघको अगुवाइमा भइरहेको सहयोग संकलनमा दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले नगद २० हजार रुपैयाँ प्रदान गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post १ करोड २० लाख मूल्य बराबरका गरगहना सहित ३ जना भारतीय पक्राउ
Next post हात्ती आतंकले खयरबारीका किसान समस्यामाः लाखौं मुल्यका मकै नष्ट (फाेटाे फिचर)