नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मल नपाउँदा मकै खेतीमा समस्या (फाेटाे फिचर)

२ चैत्र २०७९/विरेन्द्र सुब्बा

मल नपाउँदा झापाका किसानहरु पछिल्लो समस्यामा परेका छन् । देशकै सवै भन्दा धेरै मकै खेती हुने जिल्लामा यस बर्ष मलका कारण खेती घटेको छ । हिउँदे खेतीको वेला बर्षेनी मलको अभाव झेल्दै आएका झापाका किसानले यस बर्ष खेती घटाएका छन् । मल अभाव हुन थाले पछि मकै खेती समेत घट्दै गएको मकै जोन समन्वय समितिका संयोजक खगेन्द्र सिलवालले बताउनु भयो । सिलवालका अनुसार अावश्यक मल नपाउँदा भारतबाट ल्याएकाे मल समेत गुणस्तरहीन र महँगाे मुल्य तिर्नु पर्दा किसानहरू मारमा परेका छन् र

यस बर्ष मलको मात्र अभाव नभएर समयमा किसानले विऊ समेत पाउन सकेनन् । जसका कारण किसानहरुको खेती थप प्रभावित बनेको झापा गाउँपालिकाकी उपाध्यक्ष अञ्जुदेवी थपलियाले बताउनु भयो । अर्काे बर्ष याे समस्या अाउन नदिन पालिकाले कदम चाल्ने उहाँले बताउनु भयाे ।

नेपालमा सवै भन्दा धेरै बार्षिक झण्डै ३ लाख मेट्रिक टन मकै उत्पादन हुने झापामा यस बर्ष मलको अभावले खेती नै घटेको छ । मकै गोडेर मल हाल्ने यो बेला माग अनुसारको मल नपाउँदा बाली विग्रने अवस्था आएको किसानले बताएका छन् । राज्यले यति ठूलो कृषि यान्त्रिकीकरण देखि मेशिनरीमा अनुदान दिन सक्छ तर किसानलाई नभइ नहुने सानो कुरा मल उपलव्ध गराउन नसक्दा कृषिमा आधुनिकीकरण गर्न खोज्नु नै अर्थहीन भएको ठूलो क्षेत्रमा हाइव्रिड मकैको विऊ उत्पादन गर्दै आएको महारानी झोडा साना किसान कृषि सहकारी संस्थाका व्यवथापक चिरञ्जीवि भण्डारीले बताउनु भयो ।
भण्डारीका अनुसार कृषि क्षेत्रको विकास गर्ने हो भने सरकारले किसानलाई नभइ नहुने विऊ, मल र खाद्य तत्व सहज उपलव्ध गराउने हो भने ठूल्ठूला योजनामा खर्च गर्नुको कुनै अर्थ नहुने बताउनु भयो ।

झापा जिल्लामा धान पछि सवै भन्दा धेरै मकै खेती गरिन्छ । गएको आर्थिक बर्षमा ४४ हजार ७० हेक्टर क्षेत्रफलमा मकै खेती भएको कृषि ज्ञान केन्द्र झापाको तत्थाङ्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बगान मासिए पछि रोजगार गुम्दा चिया श्रमिक समस्यामा (फाेटाे फिचर)
Next post उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी