झापाको १३ मध्ये १० वटा क्याम्पसमा शान्तिपूर्वक स्ववियूको निर्वाचन सम्पन्न (फाेटाे फिचर)

५ चैत्र २०७९/सारासन्देश समाचार

झापाको १० वटा क्याम्पसमा स्वतन्त्र विधार्थी यूनियनको निर्वाचन शान्तिपुर्वक सम्पन्न भएको छ ।

१३ वटा क्याम्पस मध्ये ३ वटा क्याम्पसमा निर्वाचन हुन सकेन । काँकडभिट्टा बहुमुखी क्याम्पसको आगामी १० गते निर्वाचन हुने भएको छ । तर गरामुनी र गौरादह क्याम्पसमा भने विधार्थी संगठनहरुबीच सहमति पछि मात्रै निर्वाचन हुने नहुने भन्ने तय हुने बताइएको छ ।

विधार्थीको निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण वनाउँन हरेक केन्द्रमा उल्लेख्य प्रहरी परिचालन गरी व्यवस्थित गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो । रिजालका अनुसार हरेक क्याम्पसमा मत गणना परिणाम नआएसम्म उच्च सुरक्षाको प्रबन्ध गरि २ सयको संख्यामा प्रहरी परिचालन गरिएको बताउनु भयो ।
मत परिणाममा भोलिसम्म आइसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post साढे ५ लाखको अवैध स्पोर्टस मोजा बरामद
Next post प्रधानमन्त्री दाहाललाई तीन महिनामा दोस्रो पटक विश्वासको मत प्राप्त