५ चैत्र २०७९/सारासन्देश समाचार
भन्सार छलेर ल्याउँदै गरेको झण्डै साढे ५ लाख मुल्य बराबरको मोजा प्रहरीले बरामद गरेको छ । घैलाडुब्बा प्रहरी कार्यालयबाट खटिएको टोलीले कन्काई नगरपालिका वडा नं. ८ को लक्ष्मिचौकमा सवारी साधान जाँचचेक गर्नेक्रममा मोजा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार जोमा नामको कम्पनिको १ हजार ८ सय ३६ जोर स्पोर्टस मोजा बरामद गरी कार्वाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ ।
यसै सातामात्र झण्डै १५ लाख भन्दा धेरै मुल्यको विभिन्न अवैध सामान पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
