९ वैशाख २०८०, झापा– नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाको तेस्रो जिल्ला अधिवेशनले इन्द्रजित मुखिया सुनुवारकाे अध्यक्षतामा सर्वसम्मत कार्य समिति चयन गरेकाे छ । समितिकाे उपाध्यक्षमा प्रेम आचार्य, सचिव चिरञ्जीबी घिमिरे, सह सचिव भूकुमारी (भूमिका) फियाक, कोषाध्यक्षमा प्रकाश बानियाँ छनाैट भएका छन् । यस्तै सदस्यहरूमा रोहित काफ्ले, विष्णु श्रेष्ठ, तिलक योञ्जन, तीर्थ तिम्सिना, नारायण अर्याल र आयुष निरौला रहेका छन् ।

