१७ बैशाख २०८०/विरेन्द्र सुब्बा
पूर्वी नेपालमै पहिलो पटक बृहत एकिकृत खेतीमा लागेका किसानलाई थप दक्ष बनाउन तालिम दिइएको छ ।
गौरादह नगरपालिका क्षेत्रमा विऊ उत्पादनमा सामुहिक खेतीमा लागेका किसानलाई खेतीमा किरा तथा खाद्यतत्व व्यवस्थापन सम्बन्धी आज एक दिने तालिम दिइएको हो । साना किसान कृषि सहकारी संस्थाको आयोजनामा भएको तालिममा २९ जना किसानको सहभागिता रहेको छ । तालिम लिने किसानले कृषिमा किरा लाग्ने देखि उन्नत विऊ कसरी उत्पादन गर्ने भन्ने विषयमा लिएको तालिम प्रभावकारी भएको किसान कृष्ण प्रसाद चुडालले बताउनु भयो ।


व्यवासायिकरुपमा खेती गर्दै आएका किसानलाई यस्ता तालिमले थप सफल बनाउने नेपालको २४ वटा जिल्लामा तालिम प्रदान गरीसक्नु भएको तालिमका प्रशिक्षक शिव यन्दोले जानकारी दिनु भयो । खाद्य तत्व व्यवस्थापन गर्न ग्रामिण क्षेत्रमा उत्पादन भएका प्राङगरिक पदार्थले समेत सहयोग पुग्ने बताएका छन् । झण्डै ३ हाराहारीमा गौरादह किसानहरु विऊ उत्पादन व्यवसायिकरुपमा लागेका छन् । त्यस्ता किसानलाई लक्षित गर्दै थप उच्च स्तरको तालिम दिने गरेकाले बर्षेनी उन्नत खेती र विऊ उत्पादनमा टेवा पुग्दै गएको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले संचालन गरेको सामुदायिक विऊ प्रशोधन तथा भण्डारका व्यवस्थापक हेमराज विष्टले बताउनु भयो ।
विष्टका अनुसार यो बर्ष अधिक विऊ विक्री भईसकेको छ । तर भारतबाट आयात हुने विऊले नेपालमा उत्पादन भएका राम्रो र गुणस्तर विऊको बजारमा भने बर्षेनी समस्या खेप्नु परेको छ ।
यता गौरादह नगरपालिकाले यो बर्ष मात्र हरेक वडालाई सहभागी गराई विपन्न परिवारलाई लक्षित गरी स्वरोजगारमुखी बनाउन विभिन्न प्रकार तालिमहरु धमाधम संचालन तथा सम्पन्न गरिएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । नगरमा आलुका परिकार, भूजिया बनाउने, सिलाई कटाइ, चप्पल बनाउने, झोला उद्योग, अचार, सौन्दर्यसम्बन्धी र खाद्य परिकार निर्माण सम्बन्धी तालिम दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *