नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी

३१ वैशाख २०८०,काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
थापा पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन् । तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि उक्त घटनामा संलग्न रहेको प्रमाण भेटिएपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । प्रतीकले यसअघि विज्ञप्ति निकालेर उक्त घटनामा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।
यता जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौं प्रमुख अच्युतमणि न्यौपानेले ४ दिन म्याद थपका लागि जिल्ला अदालतसमक्ष प्रस्ताव गरेको बताउनु भयाे । केही आरोपितका वकीलहरुले थुनामा नराखी हाजिर जमानीमा छाडेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप्न आवश्यक नरहेको बहस गरिरहेका छन् । उनीहरुको बहस सकिएपछि जिल्ला अदालतले म्याद थप गर्ने/नगर्ने वा क-कसका हकमा कति दिन थप गर्ने भन्ने निर्णय दिने बताइएकाे छ ।
यस प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईलगायत छन् । यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खाटी भूटानी शरणार्थीले  फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे गुनासाे (फाेटाे फिचर)
Next post प्रेस युनियन झापाको अध्यक्षमा भट्टराई निर्वाचितः चार जना पत्रकारहरू पुरस्कृत