३१ बैशाख २०८०, झापा– नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका तीन जना प्रत्यासी उम्मेद्वार मध्ये भट्टराईले ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे । उहाँका निकटतम प्रतिष्पर्धी राजेन्द्र गौतमले ५२ मत प्राप्त गरेका गर्नु भयाे भने अर्का उम्मेद्वार मनकुमार शर्माले एक मत प्राप्त गर्नु भएकाे छ । १४५ जना सदस्य मध्ये निर्वाचनमा ११९ मत खसेको थियो ।
त्यस्तै उपाध्यक्षद्वयमा इश्वर अधिकारी र सविना लिम्बू चयन भएका छन् । सचिवमा अर्जुन राजवंशी, सह सचिवमा जशोदा राजवंशी र कोषाध्यक्षमा ओम प्रकाश भट्टराई सर्वसम्मत हुनु भएका छन् ।
समितिको सदस्यहरुमा अनुषा चुडाल, विष्णु श्रेष्ठ, जोष्ना श्रेष्ठ, तुलसी प्रसाद निरौला, देवेन्द्र प्रसाई, विष्णुप्रसाद पौडेल, रञ्जित परियार, युवराज रेग्मी, कौशल भण्डारी, शान्ति सुब्बा, रणदेव हजाम, लतु वास्के र पोषराज कटुवाल चयन भएका छन् ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा भएको नेपाल प्रेस युनियनको दशौं अधिवेशनमा चार जना पत्रकारलाई पुरस्कृत समेत गरिएको थियो भने संस्थाका निर्वतमान अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
सम्मानित तथा पुरस्कृत हुने पत्रकारहरुमा खगेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कारबाट दमकका पत्रकार विष्णु सुब्बा, खगेन्द्र कार्की स्मृति प्रोत्साहन पुरस्कारबाट बिर्तामोड निवासी अर्जुन राजवंशी, टंक प्रसाद रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट वेणुप्रसाद अधिकारी र रमादेवी टंक प्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट लीला अनमोल पुरस्कृत रहनु भएकाे छ । उहाँहरुलाई नगद सहित पुरस्कृत गरिएको हो । पुरस्कृत प्रतिभाको घोषणा लोकराज ढकालले गर्नु भयाे ।
त्यस्तै नेपाल प्रेस युनियन झापाका पूर्व अध्यक्षहरुमा स्व. डीकमान विरहीलाई मरोणो परान्त सम्मानित गरिएको थियो । त्यस्तै पूर्व अध्यक्षहरु लोकराज ढकाल , गोविन्दचन्द क्षेत्री, भीम नेम्वाङ, कृष्ण हुमागाई र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाललाई सम्मान गरिएको छ ।

नेपाल प्रेस युनियनकी अध्यक्ष इन्दू पूर्वेलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव तथा केन्द्रीय प्रतिनिधि अभयकुमार राई , नेपाल प्रेश युनियनका केन्द्रीय सचिव रेजिना गौतम, कोशी प्रदेश अध्यक्ष मिनकुमार श्रेष्ठ नवोदित, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लगाई लगायतले शुभकामना मन्तव्य राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *