२४ घण्टामा देशभर ४ हजार ४७ जना संक्रमित

पछिल्लाे २४ घण्टामा ९ जनाकाे मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस अघि गत शनिबार  ५ हजार ८ जना संक्रमित भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.१ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७७ हजार २ सय ७७ रहेको छ ।

यसैबीच पछिल्लाे २४ घण्टामा देशभरमा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५८ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च
Next post निकुञ्जमा हात्तीकाे मृत्यु