अशाेज २६, चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एउटा बयस्क हात्ती मरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको बेलशहर पोष्टमा रहेको  १९ बर्षको विक्रम प्रसाद नाम भएको हात्तीको आज आकस्मिक मृत्यु भएको हाे ।

बच्चा उमेरदेखि नै बिरामी रहेको विक्रम प्रसादमा क्षयरोग लागेको निकुञ्जले जनाएको छ ।

तीन दिन अगाडि आकस्मात बिरामी परेको विक्रम प्रसाद नामकाे हात्तीको उपचारको क्रममा मृत्यु भएको हाे ।

यो सहित आ.व. २०७७/०७८ मा चितवनमा मात्र राष्ट्रिय निकुञ्जको ३ वटा हात्ती मरिसकेका छन् । गत साता मात्रै यता झापामा एउटा हातीकाे उपचार गरी छाडिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *