नेपालमा पनि टिकटक बन्द गर्न थालियाेः कार्यालयमा प्रयाेग गरिए कार्वाही हुने

टिकटककाे प्रयाेगकर्ता विश्वमा १ अर्व पुग्याे

२९ जेष्ठ २०८०, विरेन्द्र सुब्बा– पछिल्लाे समय टिकटक प्रति नेपाली समाजमा नकरात्मक टिकाटिप्पणी बढ्न थालेकाे छ । उछृङ्खल गतिविधि धेरै अपलाेड हुन थाले पछि टिकटक बन्दै गर्नु पर्छ भन्ने जमात समेत देखा पर्न थालेका छन् । यस अघि अमेरिकाकाे माेनाटामा सदनमै टिकटक बन्द गर्न विधेयक समेत पेश भएकाे थियाे । यस्तै व्रिटेन, फ्रान्स, न्यूजिल्याण्ड, यूराेपियन देशमा समेत सरकारी कार्यालयमा टिकटक बन्द गरिएकाे छ । यस्तै २०२० मै भारतमा समेत बन्द भएकाे छ ।

यता नेपालमा पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन समेत दिएको छ । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नियम उल्लङ्घन गरेको पाइएमा अनुशासन नियम अन्तर्गत कारबाही हुनेछ ।” पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

यस्तै अन्य केही मुलुकमा समेत टिकटक बन्द गर्ने भने पनि यसलाइ राेक्न सकेका छैनन् ।  सन् २०१७ मा चीनबाट लन्च भएकाे याे एप पछिल्लाे समय सामाजिक संजालकाे एउटा प्रयाेगकर्ताकाे उच्च छैंटाैं श्रेणी परेकाे छ । विश्वमा फेसबुक, यूट्यूव, ह्वाटस् एप, इन्स्टाग्राम, वीच्याट हुँदै छैटाैं स्थानमा टिकटक परेकाे २०२३ काे तथ्याङ्क रहेकाे छ । यसकाे प्रयाेगकर्ता पछिल्लाे समय १ अर्व पुगेकाे छ । हालसम्म सवैभन्दा धेरै प्रयाेग भएकाे अमेरिकाबाट संचालित फेसबुककाे २ अर्व ९२ कराेड प्रयाेगकर्ता रहेका छन् । २००४ मा लन्च भएकाे फेसबुक संचालक मार्क जुकरबर्ग विश्वकाे धनी मानिसकाे १६ अाैं श्रेणीमा समेत पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भेट्यो भाउ चैतेधानलेः प्रतिमन १ हजारसम्म विक्री हुँदै चैते धान (फाेटाे फिचर)
Next post मस्तिष्कमा चिप राखेर गरिने परीक्षण अब मानिसमै, यो प्रविधिले कसरी काम गर्छ ?