दमक अस्पतालमा महिलाको पेटबाट नौ केजीको ट्युमर निकालियो

३१ जेष्ठ २०८० / दमक, सारासन्देश समाचार
झापाको दमकमा संचालित सरकारी अस्पताल दमकले एक महिलाको पेटबाट नौ केजीको ट्युमर निकाल्न सफल भएको छ ।
दमक अस्पतालले आज सल्याक्रिया गरी पाँचथर कुम्यायक वडा नं. ३ की ४८ वर्षीया कमला तामाङको पेटबाट ट्युमर र ऐँजेरु निकालिएको हो । अविवाहित तामाङको डिम्बासयमा नौ केजीको ट्युमर र पाठेघरबाट एक केजीको ऐँजेरु निकालिएको अस्पतालकी सूचना अधिकारी देवी दंगालले जानकारी दिनु भयो ।

अस्पतालले पहिलोपटक यति ठूलो ट्युमरको शल्यक्रिया गरेको जनाएको छ । अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. दीप्ति कुँवर, फिजिसियन डा. योगेश चेम्जोङ, एनेस्थेसियोलोजिस्ट डा. उद्धव अधिकारीलगायतको टोलीले दुई घण्टा लगाएर ट्युमरको सफल शल्यक्रिया गरेका बताइएको छ । तामाङले ६ महिना अघि जाँच गर्दा नीजि अस्पताले एक लाख रुपयाँ लाग्छ भने पछि पैसा नभएर अप्रेशन गर्नु भएको थिएन । अहिले उहाँको जम्मा १५ हजारमा उपचार भएको अस्पतालले जानकारी दिएको छ । यस्तो समस्या महिनावारी गडबढी, बंशानुगत वा गर्भरिोधक औषधीको मात्रा प्रयोग गर्न नजान्दा अनाआवश्यक हर्मोनका काराण पनि यस्तो हुन सक्ने डाक्टर डा. कुँवरले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली भूटानी प्रकरणका अभियुक्तले लगाए अधिबक्ताकाे भीडः बहस लम्बियाे
Next post न्वारानमा भोज खाएका २९ बिरामी