न्वारानमा भोज खाएका २९ बिरामी
३१ जेष्ठ २०८० / झापा झापाको मेची नगर नगरपालिका-९ स्थित मागुरमाडीको एक घरमा न्वारानको भोज खाएका २९ बिरामी परेका छन् । मंगलबार स्थानीय गोविन्द श्रेष्ठकोमा नातीको न्वारानमा भोज खाएका अधिकांश स्थानीय बिरामी परेका हुन् । मेचीनगर-९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अम्दा मेची अस्पताल भर्ना गरिएको हो ।
स्थानीयमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अस्पतालका प्रमुख डा. पोषणरमण त्रिपाठीले जानकारी दिए । हाल अस्पतालमा २९ जनाको उपचार भइरहेको छ । भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा स्थानीय बिरामी भएको हुनसक्ने अस्पतालले जनाएको छ । उनीहरुलाई फुड पोइजनको लक्षण देखिएको डा.त्रिपाठीले बताए ।
More Stories
३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)
११ कार्तिक २०८१/झापा बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय...
दमक हत्यामा संलग्न ३ जना सार्वजनिक
११ कार्तिक २०८१, झापा– झापाको दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएकाे भन्दै तीनजनालाई झापा प्रहरीले...
हत्यारा पक्राउ नगरेको भन्दै दमकमा तनाब (फाेटाे फिचर)
१० कार्तिक २०८१/झापा झापाको दमक नगरपालिका वडा नं. ९ का ३७ बर्षीय यमु निरौलाको हत्यामा संलग्नलाई पक्राउ नगरेको भन्दै दमकबासी...
बेमौषमी बर्षाले कुरिलो खेतीमा समस्या
९ कार्तिक २०८१/डिकेश लामा यस बर्ष झापामा लामो समयको अधिक गर्मी पछि परेको अविरल बर्षाले कुरिलो खेती गर्ने किसानहरु मारमा...
शून्यकाे विरूद्ध ६ गाेल गर्दै नेपाल शीर्ष स्थानमा पुग्याे
८ कार्तिक २०८१, काठमाडौं– जारी साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई शून्यकाे विरूद्ध ६...
दमकमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै
८ कार्तिक २०८१/झापा झापाको दमक नगरपालिकाले दशैंको विदा पछि वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र वितरण थालेको छ । यस अघि...