
२७ माघ २०७७, काठमाडौ – सुनको मुल्यमा आज प्रतितोला १ हजार ५ सय रुपैयाँले बृद्दि भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।
यसैगरी तेजाबी सुनको मुल्य आज ९१ हजार ४ सय र चाँदी प्रतितोला १३४० रुपयाँमा कारोबार भएको छ ।

