मौरी पालनमा मालामालः घरमै बसेर विदेशमा भन्दा राम्रो कमाइ (फाेटाे फिचर)
२ साउन २०८०/डिकेश लामा
गर्दा स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने झापाका एक मौरी पालक यूवाले काम गरेर देखाएका छन् । कोरियाको भिषा त्यागेर आफ्नै देशमा मौरी पालन गरेर अहिले स्वदेशमै लोभ लाग्दो आम्दानी गर्दै आउनु भएको छ । आमाले स्वदेशमै गर्दा हुन्छ भने पछि कोरियाको भिषा त्यागेर घर मै बसेर मौरी पालनमा लाग्ुन भएको हो । झापाको शिव सताक्षी नगरपालिका वडा नं. ११ का अर्जुन मुखियाले अहिले घरमै निजी मौरीको स्रोत केन्द्र खोल्नु भएको छ । कृषि ज्ञान केन्द्र झापाले समेत अनुदान उपलव्ध गराए पछि मुखियाले मौरी देखि मौरी पालनमा लाग्ने सवै सामाग्री विक्री गर्दै आउनु भएको छ । कृषि ज्ञान केन्द्रले १५ लाख र आफ्नो लगानी १५ गरी ३० लाख रुपयाँ बजेटमा जिल्ला पहिलो पटक निजी स्तरमा मौरी स्रोत केन्द्र स्थापना गर्नु भएको हो ।
यतिखेर मौरीको मह काढ्ने समय हौइन । यो वेला घरमै खाना दिएर मौरी राख्नु पर्छ । यो वेला पनि मुखियासँग झण्डै २ सय वटा मौरीका घार रहेका छन् । गर्दा स्वदेशमै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । उहाँले गत बर्ष मात्रै मौरीबाट बार्षिक १० लाख भन्दा धेरै कमाई गर्नु भयो । यस बर्ष सरकारको सहयोग पाए पछि मौरी पालनमा थप उत्साह मिलेको उहाँले बताउनु भयो ।
शिवसताक्षीको महिलाहरुले मात्र संचालन गरेको सतासी मौरी पालानमा मात्र अहिले ३ सय २० जनाले व्यवसायिकरुपमा मौरी पालन गरेका छन् । थोरै मौरी पाल्ने पनि बार्षिक ५ देखि ६ लाख रुपयाँ र धेरै पाल्नेले ३० लाखसम्म आम्दानी गर्ने गरेको सतासी मौरी पालन समूहकी अध्यक्ष धनमाया थापाले बताउनु भयो । थापाको अनुसार संस्थाकी व्यवस्थापक देवी दाहालले २ सय घार भन्दा धेरै मौरी पालन गरेको समय बार्षिक ३० लाखसम्म कमाई गर्नु भएको छ । संस्थामा लागेका अघिकांश महिलाको घर व्यवहार अहिले मौरीले फेरिएको उहाँले बताउनु भयो ।
यता झापा जिल्ला कृषि ज्ञान केन्द्रले स्वदेशमै केही गर्छौ भनेर कृषि क्षेत्रमा लागेका यूवालाई अनुदानको कार्याक्रम समेत संचालन गरेको छ । यस बर्ष मात्र ३० लाख रुपयाँ अनुदानमा यूवा लक्षित कार्याक्रम संचालन गरिएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताउनु भयो ।
यूवाहरु विदेशमा रोजगारी गर्न जानेहरुको संख्या घट्नुको सट्टा बढ्नेक्रममा रहेको छ । गएको जेष्ठमा मात्र झापाबाट १ हजार ७ सय ५१ जना विदेश गएको वैदेशिक विभागको तथ्याङक छ । तर स्वदेशमै काम गर्न सके विदेशमा भन्दा आकार्षक कमाइ गर्न सकिने झापामा व्यवसायिकरुपमा कृषि क्षेत्रमा लागेका यूवाहरुको भनाइ छ ।