झापामा नयाँ प्रकाेपाइन प्रविधिबाट बाढी छेक्न बाँध निर्माण (फाेटाे फिचर)

३ साउन २०८०/ बालदिवश तामाङ
बजेट अभावका काराण नदि तथा खोलाको उच्च जोखिम क्षेत्रमा यो बर्ष देखि झापामा नयाँ प्रविधिको बाँध निर्माण थालिएको छ । आरसीसी प्रकोपाइन प्रविधिबाट यस बर्ष कन्काई र कमल नदिमा झण्डै ५ सय मिटर बाँध निर्माण गरिएको छ । सिमेन्टको पोललाई त्रिखुटी बनाएर नदि तथा खोलाको कटान क्षेत्रमा बाँध निर्माण गर्ने तरिका प्रकोपाइन प्रविधि हो । पराम्परागत तरिकाको माटो र ढुङ्गाको बाँध भन्दा धेरै सस्तो हुने भएकाले परिक्षणको रुपमा यो प्रविधिको बाँध निर्माण गरिएको जनताको तटबन्ध कार्याक्रमका इन्जिनियर दुर्गाप्रसाद पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार यो बर्ष कमल खोला र कन्काई नदिमा गरी ५ सय मिटर क्षेत्रमा बाँध निर्माण गरिएको छ । बाँध निर्माण भएको क्षेत्रमा हालसम्म बाढीको बहावलाई राम्ररी छेकेको छ ।

गाडिएको पोललाई तारले बाँधेर साङ्लो बनाएर बाढीमा बगेर आएको झ्यास तथा बालुवा रोक्ने गरी बार लगाइन्छ । पहिलो पटक लगाएको यो बाँधले बस्तीसँगै खेती योग्य जमिन बचाउने आशा पलाएको बाढी प्रभावित क्षेत्रका बासिन्दा कन्काई नगरपालिका वडा नं. ४ की वबिता विश्वकर्माले बताउनु भयो । नदिको किनारामा बस्दै आउनु भएकी विश्वकर्माका अनुसार पहिलो पटक आफूले देखेको यो खालको बाँध कतिको प्रभावकारी हुन्छ भन्ने कुरा बर्षाको बाढी पछि मात्र थाहा हुने बताउनु भयो ।


झापा जिल्ला बाहेक यो प्रविधिको बाँध सप्तकोशी नदिमा भारतीयहरुले यस अघि देखि नै प्रयोग गर्दै आएका छन् । बजेट अभाव भए पछि पराम्परागत विधि भन्दा कम लागतमा बाँध निर्माण हुने भए पछि यो प्रविधि अपनाइएको जनताको तटबन्ध कार्याक्रमका प्रमुख यादब बरालले बताउनु भयो । बरालका अनुसार यो प्रविधिले बाढी सफल रुपमा रोक्न सक्यो भने अन्य क्षेत्रमा समेत विस्तार गरिने बताउनु भयो ।

झापा जिल्लामा नदि तथा खोला नियन्त्रणका लागि संघीय कार्यालय जनताको तटबन्ध कार्याक्रम स्थापना भएको १३ बर्ष भइसकेको छ । कार्याक्रमको डिपीआर अनुसार साढे १७ अर्व बजेटमा ३ सय २८ किलो मिटर बाँध निर्माण गर्नु पर्ने बताइएकाे छ । तर हालसम्म ३ अर्व बजेटमा एक सय किलो मिटर हाराहारीमा मात्र बाँध निर्माण भएकाले बाढीको जोखिम अझै पनि धेरै रहेको कार्याक्रमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मौरी पालनमा मालामालः घरमै बसेर विदेशमा भन्दा राम्रो कमाइ (फाेटाे फिचर)
Next post चुलाचुली गाउँपालिकामा सिमल तरुल काण्डः शीर्षक अन्तर गरेर नरोपेको सिमल तरुलमा भ्रष्टचार गरेकाे आराेप