चुलाचुली गाउँपालिकामा सिमल तरुल काण्डः शीर्षक अन्तर गरेर नरोपेको सिमल तरुलमा भ्रष्टचार गरेकाे आराेप
५ साउन २०८०/सारासन्देश समाचार
झापाको सिमानामा जोडिएको दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा सिमल तरुल खेती विकासमा गरिएको खर्चमा भ्रष्टचार भएको भन्दै आज ज्ञापन पत्र बुझाइएको छ ।
संघीय सरकारबाट ससर्त अनुदान शिर्षकमा ल्याइएको ७० लाख बजेट शिर्षक अन्तर गरेर दुरुपयोग गरेको भन्दै प्रतिपक्षमा रहेको नेकपा एमाले गाऊँ कमिटि अन्तर्गत बनेको समितिले ज्ञापन पत्र बुझाएको छ । पत्र बुझाउँदै समितिका संयोजक अनुप अधिकारीले ताजा तरकारी उत्पादन अभिबृद्धि कार्याक्रम शीर्षकमा आएको बजेट खेती नै नगरेको किसानलाई ७५ हजार देखि २ लाख रुपयाँसम्म अनुदान वितरण गरेको प्रति छानविन गर्न पालिकाको कार्यालय पुगेर पत्र बुझाउनु भएको छ । पत्र बुझाउनेक्रममा अधिकारीले आफूले अनुदान लिनेको हरेक किसानको विवरण संकलन गरेको बताउनु भएको छ । धेरै किसानले तरुल नै नरोपी अनुदान बुझेको पाइएको उहाँले बताउनु भयो । पालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा आफन्त र पार्टीमुखी भई काममा नभइ नाममा मात्र अनुदान वितरण भएको दावी गर्नु भएको छ ।
यस्तै पत्र नेकपा एमाले पार्टीको यूवा संघले समेत बुझाएको छ । यूवाले सिमल तरुल काण्ड मात्र नभई सडक निर्माण देखि अन्य विषयमा समेत गाउँपालिकाले ध्यान दिनु पर्ने माग राखेका छन् ।
पत्र बुझ्दै पालिका अध्यक्ष राजेन्द्र केरुङले कार्यपालिकाको वैठक बसेर शिर्षक अन्तर गरेर सिमल तरुल खेती विकासमा अनुदान दिएको र भ्रष्टचार भएको भन्ने विषयमा छानविन टोली गठन गरी कार्वाही गरिने बताउनु भयो । अध्यक्ष केरुङले छानविन गर्दा दोषी पाए कार्वाही सँगै लिएको रकम फिर्ता गराउने समेत बताउनु भएको छ । पत्र बुझाउन पुगेका यूवा संघका यूवाहरुले भ्रष्टचारीलाई तत्काल कार्वाही गर्न नाराबाजी समेत गरेका छन् ।