१० साउन २०८०/झापा

यो बर्ष झापामा बर्षा याममा साखै ठूलो बर्षा र बाढी नआए पनि १० जनाले ज्यान गुमाएका छन् । गएको जेष्ठ महिना देखि हालसम्म पानीमा डुवेर तथा खोलाबाढीले बगाएर १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरिक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो ।

गएको साता मात्र ३ जनाको ज्यान गएको छ । साउन महिना यता मृत्यु हुनेमा गौरीगंज गाउँपालिका वडा नं. ३ का १४ बर्षीय सागर पराजुली, झापा गाउँपालिका वडा नं. ४ का ७ बर्षीय डेनिस गणेश र एक जना अदुवा खोलाले बगाएर ल्याएको व्यक्तिको भने पहिचान खुल्न सकेको छैन । २ दिन अघि खोलाले बगाएर ल्याएको व्यक्तिको लाश सडेगलेकाले पहिचान खुल्न नसेकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *