गत बर्ष अदुवा निर्यात ४७ प्रतिशतले बृद्धिः ६४ करोड मुल्यको अदुवा निर्यात

१८ साउन २०८०/झापा

अन्य कृषि उपार्जनको आयात बढ्दै गएको वेला मेची भन्सारबाट गएको बर्ष अदुवा निर्यात भने बढेको छ । पूर्वी नेपालको मेची भन्सारबाट झण्डै ६४ करोड मुल्यको अदुवा निर्यात भएको छ । आर्थिक बर्ष २०७८÷०७९ भन्दा यो ४७ प्रतिशतले बृद्धि भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनु भयो ।

आर्थिक बर्ष २०७८÷०७९ मा १ करोड ४ लाख केजी अदुवा निर्यात भएकोमा गएको आर्थिक बर्षमा १ करोड ५५ लाख केजी अदुवा निर्यात भएको छ । जुन मुल्यको हिसावले ६३ करोड ९२ लाख २९ हजार हुन आउँछ । अघिल्लो आर्थिक बर्षमा ३३ करोड ६९ लाख २३ हजार मुल्यको अदुवा निर्यात भएको थियो ।

यो बर्ष दलहन कृषि बस्तु बाहेक अन्य कृषिजन्य बस्तुको निर्यात भने बढेको मेचि भन्सार कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहणः पूर्व सभामुख गौतमसहित चार सदस्यीय मन्त्रीमण्डल विस्तार
Next post दमकका विपन्न विधार्थीलाई छात्रबृति स्वरूप १२ लाख नगद वितरण