
१ फाल्गुन २०७७, काठमाडौँ — काेराेना संक्रमण दर घट्नेक्रममा अाज सवैभन्दा थाेरै संख्यामा संक्रमण देखा परेकाे तथ्याङ्क रहेकाे छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जना मात्र कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ ।

यस्तै, २४ घण्टामा १ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १६ सय ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै,२१ लाख १३ हजार ५ सय ४९ पीसीआर परीक्षण भएका छन् ।
