हात्तीको आक्रमणबाट महिलाको मृत्यु
झापा : जंगली हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिकामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर–२ गौरीशङ्करकी ५० वर्षीया सीता दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
केही दिनदेखि जलथलको चारकोशे जंगलबाट निस्किने जंगली हात्तीले त्यस क्षेत्रमा आतङ्क मच्चाउँदै आएको छ। आहारको खोजीमा गाउँघर निस्किँदै आएका हात्तीले दर्जर्नौं घर भत्काइसकेको स्थानीयले बताएका छन्।
प्रहरीका अनुसार कमलधाप राम पोखरी सामुदायिक वनमा सोमबार दिउँसो साथीसँग घाँस काट्न गएकी उनलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाउने प्रहरीले बताएको छ।
More Stories
संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)
३ कार्तिक २०८१/दमक, झापा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै...
रास्वपा सभापति रवि लामिछाने पक्राउ
२ कार्तिक २०८१, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ । सहकारी...
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...
चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
२९ असोज २०८१/डिकेश लामा ३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका...
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित)
२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विपद्...