
७ फाल्गुन २०७७, काठमाडौं– नेपालमा पछिल्लाे समय काेराेना संक्रमण दर घटेसँगै निकाे हुनेहरूकाे संख्या समेत घट्दै गएकाे छ । पछिल्लाे समय १ सय भन्दा तल झर्न थालेकाे स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क रहेकाे छ । गत २४ घण्टामा थप १ सय १४ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको परीक्षणमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।
