अवैध काठ र ट्याक्ट्रर सहित १ जना पक्राउ

२८ असोज २०८०/झापा

झापाको मेचिनगरमा अवैध काठ र ट्याक्ट्रर सहित प्रहरीले शनिबार १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं. का २८ बर्षीय डिकविर प्रधान रहेका छन् ।

मेचिनगर नगरपालिका वडा नं. ७ जोरसिमलमा प्रदेश १–०१–००१ त ८९४७ नम्बरको ट्याक्ट्ररमा चिलाउने जातको १ सय ४० थान गोलिया अन्दाजी २ सय १० क्यूफिट काठ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

नियन्त्रणमा लिएको काठ, ट्याक्टर र मानिसलाई डिभिजन बन कार्यालय झापामा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकारको सुरक्षाका लागि एकताको खाँचोः प्रविधिसँगै पत्रकार अगाडि बढ्नु पर्नेमा जाेड
Next post कुमाल जातिको पुख्र्यौली पेशा लोप हुँदैः प्लाष्टिक र विधुतीय सामानले विस्थापित हुँदै पराम्परागत सामाग्री(फाेटाे फिचर)