२८ असोज २०८०/झापा
झापाको मेचिनगरमा अवैध काठ र ट्याक्ट्रर सहित प्रहरीले शनिबार १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं. का २८ बर्षीय डिकविर प्रधान रहेका छन् ।
मेचिनगर नगरपालिका वडा नं. ७ जोरसिमलमा प्रदेश १–०१–००१ त ८९४७ नम्बरको ट्याक्ट्ररमा चिलाउने जातको १ सय ४० थान गोलिया अन्दाजी २ सय १० क्यूफिट काठ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
नियन्त्रणमा लिएको काठ, ट्याक्टर र मानिसलाई डिभिजन बन कार्यालय झापामा बुझाइएको छ ।
