हमास आक्रमणमा मारिएका तीन विद्यार्थीको शव ल्याइयाे

५ कार्तिक २०८०, काठमाडौँ– हमास आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौं आइपुगेको छ । इजरायल सरकारले पहिचान गरेको चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये तीन शवहरू नेपाल ल्याइएको हो । आज बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो । यसअघि गए राति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो ।

कैलालीका आशीष चौधरीको शव भने आज अपरान्ह  नेपाल आइपुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिनु भएकाे छ । उहाँका अनुसार आज आइपुगेका तीन वटै शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको छ ।

गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चुलाचुलीमा भएको प्रथम देउराली कप २०८० को उपाधी आयोजकलाई (फाेटाे फिचर)
Next post जोखिममा रहेका भूटानी शरणार्थी बालबालिकासँग सामुहिक दशैंः शरणार्थी समस्या समाधानका लागि स्थानीयकरणको विकल्प नभएको दावी (फाेटाे फिचर)