जोखिममा रहेका भूटानी शरणार्थी बालबालिकासँग सामुहिक दशैंः शरणार्थी समस्या समाधानका लागि स्थानीयकरणको विकल्प नभएको दावी (फाेटाे फिचर)

६ कार्तिक २०८०/डिकेश लामा
भूटानी शरणार्थी शिविरमा जोखिममा रहेका बालबालिकासँग आज एक कार्याक्रमबीच सामुहिक दशैं मनाइएको छ । तेस्रो मुलुक पुगेका भूटानीहरुले खोलेका संस्था र व्यक्तिले गरेको सहयोगमा ढेड सय बालबालिकालाई सामुहिक टिका, भोजन तथा नयाँ लुगा वितरण गरेर दशैं मनाइएको हो ।
संविधानसभा सदस्य दिपक कार्की र शिविर सचिव सन्चहाङ सुब्बाले अभिभावक नभएका र जोखिममा रहेका बालबालिकालाई टिका तथा लुगा प्रदान गर्नु भएको छ । कार्याक्रमका प्रमुख अतिथि रहनु भएका कार्कीले अव बाँकी रहेका ६ हजार हाराहारी भूटानी शरणार्थीको समस्या समाधानका लागि सरकारले स्थानीयकरण गर्नुको विकल्प नरहेको बताउनु भयो । भूटानीको समस्या राजनैतिक भएकाले अव भूटानले आफ्नो देश फर्काउला भन्ने अवस्था सृजना गर्न सँयुक्त राष्ट्र संघको पहल विना संभव नहुने भएकाले स्थानीयकरणमा सरकारले चासो दिनु पर्ने बताउनु भयो ।


कार्याक्रममा शिविर सचिव सन्चहाङ्ग सुब्बाले नेपाल सरकारले भूटानी सरणार्थीलाई सरश दिएर ठूलो सहयोग गरेको भए पनि शरणार्थीको समस्या प्रति गम्भिररुपमा चासो नदिएको बताउनु भयो । उहाँले अव आउने हावा हुरीको मौषममा जोखिम रुख मुनी त्रासकाबीच बाँच्नु पर्ने अवस्था छ । पटक पटक रुख लडेर धेरै भूटानीले ज्यान गुमाउनु परेको अवस्थामा अझै पनि सरकारले चासो नदिएको गुनासो पोख्नु भयो ।


अभिभावकविहीन शरणार्थी बालबालिकालाई दशैंमा खुशियाली दिन अमेरिकाबाट आउनु भएका सहयोगी युवा ललित गुरुङ्गले अन्य ढेड सय जनालाई न्यायो लुगा समेत वितरण गर्नु भएको छ । गुरुङ्गले आफूहरु यसै शिविरमा बालबालिका देखि बसोवास गर्दै आएकोले धेरै अभाव र समस्याबीच संघर्ष गरेको अनुभव भएकाले आफूहरुले सहयोग गरेको बताउनु भयो । कार्याक्रममा भूटानी शरणार्थी शिविरमा अगुवा लेखक तिलक राईले शरणार्थी बालबालिकाको जन्म दर्तामा समस्या रहेकाले आगामी दिनमा धेरै बालबालिका जोखिममा रहेको बताउनु भयो ।


यस्तै पूर्व सचिव चिरञ्जीवि राईले ३ दशक देखि भूटानी शरणार्थीले कहिले पनि खुशीको दशंंै मनाउन नपाइरहेको अवस्थामा बालबालिकामा भने खुशीको दशंै दिलाउन सहयोग गर्नेलाई धन्यवाद दिनु भयो ।
सवैका लागि दशैं बालबालिकासँग दशैं तथा चिची नाना कार्याक्रममा सहयोग गर्ने दाताहरुलाई आयोजक भूटानी शरणार्थी बाल मंचका पूर्व संयोजक कार्याक्रम संचालक रामचन्द्र चापागाँईले सहयोगी दाता र यूवाहरुलाई धन्यवाद सहित प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको छ ।  कार्याक्रममा गीत तथा नृत्य समेत प्रस्तुत गरेर दशैंलाई थप रमाइलो बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हमास आक्रमणमा मारिएका तीन विद्यार्थीको शव ल्याइयाे
Next post झापाको कमल गाउँपालिकाले नेपालमै पहिलो पटक थाल्यो नयाँ तरिकाको डल्ले मल उत्पादन (फाेटाे फिचर)