मलेशियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

१४ कार्तिक २०८०,सारासन्देश समाचार– टी–२० विश्वकप छनोट खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । यो जितसँगै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ ।

टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरेका थिए । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए भने ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post sp5der 555 Hoodies in Music Videos Fashion Statements on Screen
Next post १६ बर्षीय नाबालककाे साथबाट स्रोत नखुलेको २१ लाख ८७ हजार बरामद