साँवाकाे क्षेत्रमा नन्दराज राईको स्वतन्त्र उम्मेद्वारी घोषणा

७ असोज २०७९/सारासन्देश समाचार
मुख्य राजनैतिक दलले उम्मेदवारको टुङ्गो नलगाउँदै झापामा स्वतन्त्र उम्मेद्वारी घोषणा हुन थालेको छ ।
झापाको निर्वाचन क्षेत्र नम्बर ४ मा आज एक पत्रकार सम्मेलन मार्फत नन्दराज राईले संघीय संसदका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । राई लामो समय सामाजिक संस्थामा रहेर कार्य गरेको अनुभवका आधारमा देशको मुहार बद्ल्नु छ भने आफ्ना मत बदलौं भन्ने नारा लिएर निर्वाचनमा होमिएको उहाँले बताउनु भयो । २०३४ सालमै अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गर्नु भएको राईले शैक्षिक क्षेत्रको विकासमा समेत उल्लेख्य टेवा दिइएकाले राजनैतिक दलले सही मार्गमा कार्य गर्न नसकेकाले विकल्पको खोजीमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको घोषणा गर्नु भएको छ । राजनैतिक खिचातानीले देशमा भ्रष्टचार बढेकाले आफूले त्यसको निर्मुल गर्न उम्मेदवारी दिएको बताउनु भयो । उहाँले आफूले राज्यले दिने तलव भत्ता समेत सार्वजनिक हितमै खर्च गर्ने बताउनु भयो । धेरै बर्ष सामाजिक तथा आर्थिक क्षेत्रमा कार्य अनुभव लिइसकेकाले अव राजनैतिक क्षेत्रबाट जनताको सेवा र समाज विकासमा होमिएको उहाँले बताउनु भयो ।


यस अघिको निर्वाचनमा नेकपा एमालेका नेता एलपी साँवा प्रतिनिधि संसद रहेको यस क्षेत्रमा यस अघि पूर्ण नेम्बाङले समेत स्वतन्त्र उम्मेद्वार घोषणा गरेका छन् । झापा जिल्लामा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । जसमा राष्ट्रिय राजनीतिमा उदयीमान एमालेका अध्यक्ष केपी ओली क्षेत्र नम्बर ५, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन क्षेत्र नम्बर ३ बाट उठ्ने निश्चित जस्तै भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ७६ जनामा सङ्क्रमण पुष्टि
Next post Скачать Mostbet на Android официальный сай