झापाली दुई महिला पत्रकारलाई नारी पुरस्कारबाट सम्मान

६ बैशाख २०८०, झापा – झापामा नारी सञ्चार गृहले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार नारी सञ्चार गृहले बिर्तामोडमा एक कार्यक्रममा पत्रकार साबित्रा दाहाल र सुस्मा राजवंशीलाई पुरस्कृत गरेको हो ।
नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कारबाट झापाली नारीहरूमा अगुवा पुस्ताका पत्रकार दाहाललाई पुरस्कृत गरिएको छ । उहाँलाई नगद १ लाख १ हजार १ सय रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । नेपालको पहिलो महिला सम्पादक तथा राजनीतिज्ञ साधना प्रधानको नाममा स्थापित ‘नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार’ पहिलो पटक दाहाललाई प्रदान गरिएको हो । दाहाल झापाली महिला पत्रकारहरुको छाता संस्थाको रुपमा स्थापित सञ्चार गृहको संस्थापक अध्यक्ष समेत हुनु हुन्थ्याे । यस्तै उहाँ प्रेस चौतारी नेपालको निर्वाचन आयोग सदस्य पनि हुनु हुनु हुन्थ्याे ।


त्यस्तै युवा पत्रकारिता पुरस्कारबाट पत्रकार सुस्मा राजवंशीलाई प्रदान गरिएको छ । राजवंशीलाई नगद २५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो । युवा पत्रकारिता पुरस्कार महिलाको बिषयमा कलम चलाउने एक जना युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने नारी संचार गृह झापाकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले बताउनु भयाे ।
नारी सञ्चार गृहले ‘नारी सञ्चार प्रोत्साहन अक्षय कोष’ को ब्याजबाट पुरस्कार राशिको ब्यवस्था गर्ने गृहकी अध्यक्ष रेजिना गौतमले जानकारी दिनु भयाे । गृहले कोषमा ३३ लाख रुपैयाँ जम्मा गरिसकेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्तः सूचना संकलनमा पुगेका पत्रकार माथि दुर्व्यवहार
Next post ५ कराेड मुल्यका सुनका गरगहना सहित २ जना पक्राउ