बाली विमाको भुक्तानी २ बर्षसम्म नपाउँदा किसान निरुत्साहितः अढाइ करोडको दावीमा ६३ लाख मात्र भुक्तानी

२३ पुस २०८०/डिकेश लामा

२ बर्ष अघि आलु ब्लक संचालन गरी बृहत खेती गर्न सफल बनेका कमलका धेरै किसानमा खेती तर्फ जाँगर मर्दै गएको छ । उत्पादन गरेको आलु विमा गरेर कोल्ड स्टोरमा राखेकै स्थानमा क्षति भए पनि दावी गरेको क्षतिपूर्ती नपाउँदा समस्या खेपेका किसानहरु खेतीमा निरुत्साहित बन्दै गएका हुन् । पशु चौपायको बिमा जस्तो अन्नबालीको विमाको अभ्यास नभइरहेको अवस्थामा विमा गरेका किसानहरुले समेत भएको क्षतिको क्षतिपुर्ती नपाउँदा किसानमा अझ निराशा आएको कमल गाउँपालिका वडा नं. १ बाह्रविगेका किसान लोकबहादुर पाण्डेले बताउनु भयो ।

झापाको कमल गाउँपालिका वडा नं. १ र २ का किसानको झण्डै २० लाख भन्दा धेरै मुल्यको आलुको विऊ कुहिएर क्षतिपूर्ती माग गरेको २ बर्ष नाघ्यो । तर दावी गरेको विमा रकम अझै धेरै किसानले पाउन सकेका छैनन् । कमल गाउँपालिका क्षेत्रका सवै किसानले आलुको विऊको क्षतिपुर्ती पाउन नसकेको तोपगाछी हरियाली कृषि सहकारी संस्थाका सदस्य चन्द्र सुवेदीले बताउनु भयो ।

दमक वडा नं. ४ मा रहेको शान्ति कोल्ड स्टोरमा २ बर्ष अघि झापा र मोरङ्गको गरी ११ हजार बोरा आलु भण्डारण गरिएको थियो । तर आलु निकाल्ने वेला कार्तिक पहिलो सातामा आएको अविरल वेमौषमी बर्षाले भवनमा पानी पसेर ४ हजार बढी बोरा आलु कुहिन पुग्यो । भण्डार गरेको आलुको विमा अजोड विमा कम्पनिले गरेको थियो । तर दावी गरेको रकम भुक्तानी नहुँदा अझै धेरै किसानले क्षतिपुर्ती पाउन नसकेको ३ लाख मुल्यको आलु स्टोर गरेको मान सरोवर संस्थाका व्यवस्थापक महेन्द्र अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार अन्य केही सहकारी संघ संस्थाले विमाको रकम लिँदै आएको भन्ने सुनिएको भए पनि आफूहरुले भने हालसम्म नपाएको बताउनु भयो ।

यता कोल्ड स्टोरले भने माग दावी अनुसारको रकम विमा कम्पनिले उपलव्ध गराउन नसकेको जनाएको छ । २ करोड ४६ लाख किसानले दाबी गरेको विमाङ्क रकम मध्ये हालसम्म ६३ लाख ११ हजार मात्र अजोड विमा कम्पनि उपलव्ध गराएको छ । प्राप्ती रकम कृषि सहकारी तथा किसानलाई दिँदै आइएको कोल्ड स्टोरका संचालक सन्तोष अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार विमा कम्पनीले दावी गरे जति रकम उपलव्ध नगराए पछि किसानलाई पुन भण्डारका लागि २५ प्रतिशत छुट सहित प्राप्त रकम दिँदै आइएको छ । अव १२ देखि १५ वटा जति सहकारी संस्थाको भूक्तानी बाँकी रहेको उहाँले बताउनु भयो ।

तर झापाका केही स्थानीय र कृषि सहकारी संस्थाले २ बर्ष यता कृषि बालीमा विमा गर्ने अभ्यास थालेका छन् । विमा गरे वापत केहीले क्षतिपुर्ती समेत पाएका छन् । गौरादहको महारानीझोडा साना कृषि सहकारी संस्थाले नेपाल वंैकसँगको सहकार्यमा थालेको बाली सुरक्षण कार्याक्रमले धेरै किसानलाई राहत पुगेको क्षतिपुर्ती लिन सफल किसान इच्छाराम सापकोटाले बताउनु भयो । कृषि सहकारी संस्थाले गरेको बाली विमा किसानको बाली क्षति नभए पनि जम्मा गरेको रकममा व्याज सहित जोडेर दिने र क्षति भएका सो बमोजिम क्षतिपुर्ती दिने गरेको संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो ।

१ सय १३ कृषि सहकारी तथा किसानको झण्डै ३ करोड मुल्य बराबरको आलु कोल्ड स्टोरमा कुहिएको थियो । तर क्षतिको रकम माग गरेको २ बर्षसम्म अजोड विमा कम्पनिको ढिलाईका काराण धेरै किसानले क्षतिपुर्ती नपाउँदा बाली विमा प्रति किसानको विश्वासनियता अझै घट्दै गएको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post राष्ट्रिय सभा निर्वाचनकाे अन्तिम मतदाता नामावली सार्वजनिक: नेकपा माओवादी र एमालेले टुङ्गायाे उम्मेद्वारकाे नामावली
Next post उन्नत जातको वेमौषमी कुरिलो दोब्बर मुल्य एक हजार रुपयाँमा खेतीबादै विक्री हुँदै