३ चैत्र २०८०, माेरङ– मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ । आगलागीबाट २२ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार आगलागीको कारण र क्षतिको प्रारम्भिक विवरण उपलब्ध भएको छैन ।
प्रत्यक्षदर्शी रवीन्द्र ठकुरी (कान्छा) का अनुसार बस्ती माथि रहेको विजुलीको तार आपसमा ठोक्किएर स्थानीय जंगली सतारको फुसको छाना भएको घरमा झिल्का झर्दा आगलागी सुरु भएको थियो । विधुत सर्ट हुँदा निस्किएकाे झिल्काेबाट फुसकाे छानाेमा अागाे लागे पछि अन्य घरमा आगाे सल्किएकाे थियाे ।
बाँस र सन्ठीको टाटी भएकाे घरमा रहेकाे सवै सामानहरू जलेका छन् ।
