मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला

१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर–७ गैरीगाउँकी अन्दाजी ३५ वर्षीया हिमा पोखरेल खरेलको शव आज बिहान ३:३० बजेतिर भारतपट्टी नै भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानकारी दिएकाे छ ।

भारतको खोरीवारी थानाबाट आएको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि सिलिगुडी पठाएको जानकारी दिएकाे छ । भारतीय प्रहरीसंग समन्वय गरी हिजोदेखि उनको खोजतलास गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हाइटी आतङ्कित गोली हानाहानमा महिला र बालबालिका सहित ७० जनाको मृत्यु
Next post अझै बासको समस्यामा बाढी पीडितः बाँध फुटेको क्षेत्र उच्च जोखिममा (फाेटाे फिचर)