१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर–७ गैरीगाउँकी अन्दाजी ३५ वर्षीया हिमा पोखरेल खरेलको शव आज बिहान ३:३० बजेतिर भारतपट्टी नै भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानकारी दिएकाे छ ।
भारतको खोरीवारी थानाबाट आएको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि सिलिगुडी पठाएको जानकारी दिएकाे छ । भारतीय प्रहरीसंग समन्वय गरी हिजोदेखि उनको खोजतलास गरिएकाे थियाे ।
