महत्वपूर्ण कागजात १३ करोड बढीको सामान जलेर नष्ट

१० असोज २०८२/झापा
पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रुपमा रहेको झापाको मेची भन्सारमा तोडफोड तथा आगजनी भए पछि एउटै कोठाबाट सेवा संचालन गर्न थालिएको छ । भदौ २४ गते भएको तोडफोडसँगै आगजनीमा धेरै कम्पुटर, कागजात, सामान जलेर नष्ट भएका छन् । जसले गर्दा वैठक कोठामा बसेर एकै स्थानबाट काम गर्न थालिएको भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वर कुमार हुँमागाईंले बताउनु भयो ।
आन्दोलनमा कार्यालयका अधिकांश पूर्वाधार र सामान तोडफोडसँगै चोरी भएका छन् । कार्यालयको मुद्धाका फायल सवै जलेर खरानी भएका छन् । कार्यालयको २ वटा गाडी सहित मुद्धामा रहेका चारपाङग्रे र दुई पाङग्रे गरी ३२ वटा सवारी साधान जलेका छन् । यस्तै भन्सारको गोदाममा राखेको सामान सहित झण्डै १३ करोड रुपयाँ हाराहारीमा क्षति भएको कार्यालयले जनाएको छ ।
