२१ असोज २०८२/डिकेश लामा
दुई दिन परेको अविरल बर्षासँगै आएको बाढीले धेरै किसानको धान खेतीमा क्षति पुगेको छ । कन्काई नदिको बाढीले गौरीगंज र झापा गाउँपालिकाको सयौं विगाह धान खेतमा नदिको भंगालो पसे पछि किसानहरुमा समस्यामा परेका छन् ।
कन्काई नदिमा आएको ठूलो बाढी दक्षिणी झापाको धान खेतमा पस्दा सयौं विगाह जमिन बगर बनेको छ । कतिपय पाकेका धान देखि पसाउन लागेको धानबालीमा कहिले नसोचेको बाढी पसेर क्षति गरेको झापा गाउँपालिका क्षेत्रका बाढी पीडित किसानले बताएका छन् । झापा गाउँपालिका वडा नं. १ का सुकदेश हस्दाले १२ विगाह क्षेत्रमा अगुवा गुणराज प्रजातिको धान रोप्नु भएको थियो । पाकिसकेको धान प्रायशः सवै नष्ट पारेको उहाँले बताउनु भयो ।


यस्तै अर्का किसान विजय राजवंशीका अनुसार कलिला धानहरु उठ्न सक्ने अवस्था रहेको भए पनि पटाएको र पाकेको धानमा भने धेरै ठूलो क्षति भएको बताउनु भयो । अन्नबाली नष्ट भए पछि सो क्षेत्रमा भोकमारी लाग्न सक्ने अवस्था आउने उहाँले बताउनु भयो ।


दक्षिणी झापा गौरीगंज र झापा गाउँपालिकामा सवै भन्दा धेरै बाढीले धान खेतमा क्षति गरेको छ । झापा गाउँपालिकाका ६ वटा वडामा पसेको बाढीले मात्र १ हजार विगाह भन्दा धेरै धानखेतमा क्षति पुगेको पालिकाकी अध्यक्ष अञ्जु देवि थपलियाले बताउनु भयो ।
यस्तै झापाको गौरीगंज वडा नं. १ को चौरी र होकलबारी बस्ती क्षेत्रमा समेत बाढी पस्दा धेरै धान खेत बगर बनेको छ । बाढीले घरमा भएको अन्नबाली सवै नष्ट भएको वेला धान खेतीमा समेत क्षति पुगे पछि खाद्यन्य संकट पर्ने अवस्था आएको उनीहरुले बताएका छन् ।


झापा नेपालकै सवै भन्दा धेरै धान खेती झण्डै हिउँदे र बर्षे गरी १ लाख हेक्टर क्षेफलमा ४ लाख मेट्रिक टन धान उत्पादन हुने जिल्ला हो । तर धान पाक्ने र उठाउने वेलामा आएको ठूलो बाढीका कारण धान उत्पादनमा ठूलो ह्रास आउने बाढी पीडित क्षेत्रका किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *