२३ असोज २०८२/डिकेश लामाकन्काइ नदिको बाढी पसेर ढुवानमा परेका कतिपय परिवारलाई अझै पनि आफ्नो घर फर्केर बस्न सक्ने अवस्था छैन । बाढीले धेरैको घर भत्काएको र घरभित्रै अधिक लेदो पसे पछि बाढी पीडितहरु सार्वजनिक स्थल तथा आफन्तको बस्न बाध्य छन् ।

दुई दिनसम्म परेको अविरल बर्षाका कारण आएको बाढीले झापामा झण्डै २५ हजार विस्थापितहरु घर फर्कन थालेका छन् । तर कतिपय बाढी पीडितहरुको घर भत्किएको र बाढीले अधिक लेदो पसाए पछि तत्काल सफा गरेर फर्कन नसक्ने अवस्था रहेको गौरीगंज गाउँपालिका वडा नं. १ होकलबारी बस्तीका बासिन्दाले बताएका छन् ।

यस्तै यता झापा गाउँपालिकाको सुगाबथान र मिलन बस्तीमा पनि धेरै घरहरु भत्किएका छन् । बाढीले खानेपानी दुषित बनाएको छ । बाढीका कारण उचित बसोवास नहुँदा मासिनहरु विरामी समेत हुन थालेका छन् ।

यस्तै यता झापा गाउँपालिकाको सुगाबथान र मिलन बस्तीमा पनि धेरै घरहरु भत्किएका छन् । बाढीले खानेपानी दुषित बनाएको छ । बाढीका कारण उचित बसोवास नहुँदा मासिनहरु विरामी समेत हुन थालेका छन् ।
बाढी पीडितमा रुगा, ज्वरो र छाला सम्बन्धी रोगहरु देखा पर्न थालेको छ । रोग फैलिन नदिन आफूहरुले स्वास्थ्यकर्मी समेत परिचालन गरेको बढी बाढी प्रभावित क्षेत्र झापा गाउँपालिका वडा नं. १ का अध्यक्ष राजकुमार यादबले बताउनु भयो ।

झापामा झण्डै ५ हजार घर विस्तापित भएका मध्ये एउटा होकलबारी पनि अति जोखिम र धेरै विस्थापित भएको क्षेत्र हो । यो क्षेत्रमा अहिलेसम्म मानिसहरुलाई पुनस्र्थपना हुन अझै १० दिन बढी समय लाग्ने स्थानीय युवा नबिन राईले बताउनु भयो ।
