२४ असोज २०८२/झापा
पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट चालु आर्थिक बर्षको दुई महिनामा पेट्रोलियम पदार्थ र खनिज उत्पादनका बस्तुको आयात घटेको छ । अघिल्लो आर्थिक बर्षको भदौ महिनासम्मको आयात तुलना गर्दा ३ दशमलव ६ प्रतिशतले पेट्रोलियम पदार्थको आयात घटेको हो । जुन मुल्यको हिसावमा १० करोड ६१ लाख थोरै हो । अघिल्लो बर्ष साउन र भदौ महिनामा २ अर्व ९५ करोड मुल्यको पेट्रोलिय पदार्थ आयात भएको थियो ।
यस्तै खजिनजन्य उत्पादन सामाग्रीको आयात पनि २२ दशमलव ८ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा २ महिनाको अवधिमा ३३ करोड मुल्यको खजिन उत्पादनका सामान आयात हुँदा यो बर्षको २ महिनामा २५ करोड मुल्यको मात्र आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
