२२ कार्तिक २०८२/डिकेश लामाआगामी फागुन २१ हुने निर्वाचनलाई लक्षित गरी थालिएको मतदाता नामावली अध्यावधिक अपेक्षा अनुसार हुन सकेको छैन । झापा जिल्लाको १५ वटा पालिकाको मतदाता नामवली अध्यावधिक जिल्ला सदरमुकामको निर्वाचान कार्यालयमा मात्र राखिएकाले सेवाग्राहीलाई समस्या भएको गुनासो पोखेका छन् ।
जिल्लाको सदरमुकाममा रहेको निर्वाचन कार्यालयमा मात्र मतदाता नामावली अध्यावधिक गर्ने केन्द्र राखिएकाले जिल्लाका सवै पालिकाबाट अध्यावधिक गर्न पुग्न सकेका छैनन् । पूर्वी दक्षिण क्षेत्रमा रहेको निर्वाचन कार्यालय पुग्न पश्चिम झापाका मानिसलाई पुरै एक दिन समय खर्च गर्नु पर्ने हुन्छ । टाढाबाट पुगे पनि लामो लाईन बस्नु पर्ने समस्याको विकल्प खोज्नु पर्ने सेवाग्राहीले बताएका छन् । बिर्तामोड झापाका तेजु ढुंगेलका अनुसार निर्बाचन कार्यालयमा जनशक्तिको अभाव भएकाले लामो लाइन लाग्नु पर्ने अवस्थाले समस्या भएको छ । जिल्ला भरको एक स्थानमा मात्र भएकाले धेरै स्थानमा व्यवस्था गर्नु पर्ने उहाँले बतबताउनु भयो ।

निर्वाचन हुने अघिल्लो दिन फागुन २० गतेसम्म १८ बर्ष पुरा हुने सवैले मतदानमा सहभागी हुन मतदाता नामावलीमा नाम दर्ता गर्नु पर्छ । कार्तिक मसान्तसम्म अध्यावधिक गरिसक्नु पर्ने भए पनि अझै पनि सोचे जति नामावली समावेश हुन नसकेको निर्वाचन कार्यालयका प्रमुख तुलसी कुमार नेपालले बताउनु भयो । नेपालका अनुसार दिनमा एक हजारले दर्ता गर्ने अपेक्षा भए पनि ३ देखि ४ सय संख्यामा मात्र दर्ता हुने गरेको बताउनु भयो ।

कार्यालयको भौतिक पूर्वाधार ठूलो भीड हुँदा हुने समस्या लक्षित निर्माण भएको छैन । टाढा दुरीबाट दिनको समय पुरै खर्च गरेर आएकाहरु सिंडीमा लाईन लागेर मतदाता नामावली दर्ता गर्नु पर्ने अवस्थाले समस्या हुने गरेको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा गत आर्थिक बर्षको असार मसान्तसम्म ६ लाख ६९ हजार २ सय ७७ मतदाता रहेका छन् । झण्डै १० लाख जनसंख्या रहेको जिल्लामा असोज १० गते देखि भएको मतदाता नामवली दर्तामा हालसम्म ४ हजार हाराहारीमा थप भएको निर्वाचन कार्यालयले जनाएको छ ।