२५ कार्तिक २०८२/झापा
झापाको कमलमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १४१ औं जन्म जयन्तिको अवसरमा फाल्गुनन्दको पूर्णकदको शालिक, मन्दिर र पूजा घर उदघाटन तथा अनावरण गरिएको छ । झण्डै १ करोड ५० लाख खर्चमा भक्तजन र सहयोगी दाताबाट संकलन गरेको रकमले निर्माण गरिएको किरात तेयुङलुङ चोत्लुङ माङहिम र महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक किरात धर्मका वर्तमान गुरु आत्मानन्द लिङदेनबाट अनावरण समेत गरिएको हो । सरकारको तर्फबाट सांसद विकास कोषबाट ५ लाख ५ हजार, गाउँपालिकाबाट ३ लाख बाहेक सवै खर्च भक्तजनको सहयोगबाट भएको तेयुङलुङ चोत्लुङ माङहिम निर्माण समितिका अध्यक्ष सूर्यप्रसाद लिम्बुले बताउनु भयो ।

लिम्बुका अनुसार मुन्धुमका आधारमा मानव जातिको नौ ग्रहको आधारमा ९ तले माङहिममा ८९ लाख रुपयाँ, यज्ञ कुण्डमा १० लाख र शालिकमा ४१ लाख सहित झण्डै ढेड करोड खर्च भएको उहाँले बताउनु भयो ।
कार्याक्रममा विशेष अतिथिको रहनु भएका कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मको विकासमा सरकारले जोड दिएको बताउनु भएको छ । कार्याक्रममा बोल्दै मन्त्री कार्कीले महागुरुको जन्म जयन्ति मनाउने समिति गठन गरी माग भएमा ३ दिनसम्म कार्याक्रम गर्ने खर्च समेत विनियोजन गर्ने बताउनु भयो ।

कार्याक्रममा किरात धर्म तथा साहित्य उत्थान समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिमले लेख्नु भएको किरात धर्मसम्बन्धीको पुस्तक समेत विमोचन भएको छ । विभिन्न साँस्कृतिक झ्याँकी र पूजाआजा सहित गरिएको कार्याक्रममा ९० लाख मुल्यको ३ कठ्ठा जग्गा दान गर्ने दाता दलबहादुर मेयाङवो सहित अन्य दाताहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा विभिन्न देशका भक्तजनहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
video link
