

दुई नावालक नानीको पढाई र रोजगारीको अवसर सरकारले दिएमा जिविकोपार्जन हुने उहाँले बताउनु भयो ।

माध्यमिक तहसम्मको शिक्षा लिएका राजवंशी गाउँघरमा सहयोगी र मिलनसार पात्र हुुनुहुन्थ्यो । भदौ २३ गते देशमा भएको जेनजी आन्दोलनमा कलिला विधार्थीको ज्यान गएको देखि पछि दोस्रो दिन आन्दोलनमा साथ दिन विहानै विर्तामोड जानु भएका राजवंशीको २४ गते गोली उपचारकोक्रममा २७ गते निधन भएको थियो । उहाँको निधनले यतिखेर सिंगो गाऊँ स्तब्ध बनेको छ ।

त्यसो त भदौ २३ र २४ गते भएको आन्दोलनमा झापामा ३ जनाको मृत्यु भएको थियो । राजवंशी सहित अर्जुनधारा ११ का गोपाल नामले चिनिने ज्ञानेन्द्र सेढाईं र अर्का हिलिहाङ पाँचथर स्थायी ठेगाना भएका कमल भण्डारीको ज्यान गएको थियो । मृतक ३ जनाका परिवारमा सरकारले दिने १६ लाख रुपयाँ राहत घरघरमै पुगेर वितरण गरिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी शिव राम गेलालले बताउनु भयो ।
सुशासन र भ्रष्टचारको अन्त्यको लागि लडेका दिनेश जस्तै देशमा जेनजी आन्दोलनमा ४५ जना शहिद बनेका छन् । अवको सरकारले जेनजी पुस्ताको मर्म र उदेश्य अनुसार काम गर्न सके मात्र आन्दोलनमा बगाइएका रगतले न्याय पाउने शहिद परिवारको भनाइ छ ।
