२७ कार्तिक २०८२/डिकेश लामा
बार्षिक ८ अर्व हाराहारीमा कारोवार हुने अलैचीको यो बर्ष मुल्य बढेसँगै यतिखेर प्रशोधन र प्याकेजिङमा चटारो छ । पूर्वी नेपालको विभिन्न जिल्लाबाट झापाको  विर्तामोडमा संकलन हुने अलैंची प्रशोधन पछि निर्यात हुने भएकाले दैनिक ५ सय बढी मानिसले रोजगारी समेत पाएका छन् ।
लामो समय पछि गत बर्ष देखि अलैंचीको मुल्य बृद्धि भएसँगै किसान देखि व्यवसायी समेत उत्साहित भएका छन् । मुख्य गरी भारतमा विक्री हुने अलैंचीको मुल्य बढेको समय यतिखेर प्रशोधन गरेर निर्यात गर्ने काम समेत बृद्धि भएको नेपाल अलैंची व्यवसायी महासंघका निर्वतमान अध्यक्ष निर्मल भट्टराईले बताउनु भयो । भट्राईका अनुसार शुरुमा १ लाख १० हजार पुगेको मुल्य बीचमा केही घटे पनि हाल १ लाख हाराहारीमा विक्री भइरहेको छ । व्यवसायीले खरिद गरेका अलैंची आवश्यक प्रशोधन गरी तत्काल विक्री गर्ने गरिएको छ ।
यो बर्ष बजारमा अलैचीको मुल्य प्रति क्वीन्टल २ लाख ५० हजार हाराहारीमा विक्री भइरहेको छ । राम्रो मुल्य आएकाले किसानबाट अलैंची आउनसाथ निर्यात समेत गरिने भएकाले विर्तामोडका २ दर्जन बढी व्यवसायीको उद्योगमा यतिखेर धमाधम प्रशोधनको काम भइरहेको छ ।

यो बर्ष शुरुमा मुल्य बढेको थियो । तर पुनः केही मुल्य घट्यो । तर हालै आएर पुनः मुल्य बढ्न थालेको छ । मुख्य गरेर भारतको बजारको आधारमा नेपालको अलैंचीको मुल्यमा घटवढ व्यवसायी प्रेम प्रसाद गिरीले बताउनु भयो ।

पूर्वी नेपालमा उत्पादन भएका अधिक अलैचीं भारत हुँदै बंगालादेश, पाकिस्थान लगायत खाडी मुलुकसम्म पुग्ने गरेको छ । बाहिरी देशमा अधिक माग बढेकाले यो बर्ष पूर्वी नाका मेची भन्सारबाट गत बर्षको तुलनामा असोजसम्म ३३ प्रतिशतले निर्यात समेत बृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *