१ मंसिर  २०८२/डिकेश लामा
बर्षातमा आवात जावात ठप्प बनेको दक्षिणी झापाको हुलाकी सडक खण्डमा दुई पाङ्ग्रे सवारी साधान र यात्रुहरु यात्रा गर्न थालेका छन् । नदिमा पानीको सहत घटेसँगै स्थानीयले बनाएको अस्थायी बाँसको पुल र डुङगाको  प्रयोगबाट आवात जावात शुचारु भएको हो । यस अघि ४ लाख रुपयाँ खर्च गरेर बनाएको बाँसको पूल पुन कार्तिकमा आएको बाडीले बगाए पछि यातायात बन्द भएको थियो ।
असोश महिनाको बाढी पछि पानी घटेसँगै बनाएको बाँसको पुल बगाए पछि पुनः लामो समय बन्द भएको हुलाकी सडकको आवातजावात हालै आएर संचालन भएको छ । गौरीगंज गाउँपालिकाले डुङगा संचालन गर्न दिएको ठेकेदारबाट बाँसको पुल र डुङगा संचालन गर्न थाले पछि आवात जावत शुचारु भएको डुंगा संचालक इश्वर माझीले बताउनु भयो ।

ढेड दशक समय वितिसक्दा समेत बन्न नसकेको झापाको बहुप्रतिक्षित कन्काई नदिको पुल निर्माण हुन नसक्दा बर्खामा बाढी बढेसँगै आवातजावात बन्द हुने गर्दछ । नदिको पानीको सतह घटेसँगै बर्षेनी बाँसको पुल निर्माण या डुङगाको भरमा पैसा तिरेर जोखिम यात्रा गर्दा समस्या हुने गरेको यात्रुहरुले बताएका छन् ।

कन्काइ नदिको पुल विक्रम सम्बत २०६८ साल देखि निर्माण थालिएको हो । ३४ करोडमा ठेक्का लागेको पुल पटक पटक म्याद थप गरे पनि निर्माण सम्पन्न हुन नसक्दा दक्षिणी झापाका बासिन्दाले सँधै समस्या र सास्ती भोग्नु परेको छ ।

देशका शीर्षथ नेता रहेको क्षेत्रमा १५ बर्षसम्म पुल नबन्दा नेतृत्व प्रति स्थानीय बासिन्दा रुष्ट बन्दै गएका छन् । चाँडो पुल निर्माण गर्न आफूहरुले पटक पटक दबाव दिँदा पनि पुल निर्माण कम्पनि पप्पु कन्ट्रक्सन र महादेव खिम्ती जेभीले काम गर्न नसक्दा समस्या आएको स्थानीय जनप्रतिनिधिको ठम्याइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *