

१७ जेष्ठ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ६ हजार ४ सय ९१ जना निको भएका छन् । यस्तै २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
१७ हजार ४ सय ८० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा संक्रमणबाट १ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

