नेपालमा आज ३११४ संक्रमित,२१९७ निकाेः १६ जनाकाे मृत्यु

९ श्रावण २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६ सय २५ पीसीआर परीक्षणमा शनिबार थप २ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २ सय ८५ परीक्षणबाट ८०५ जनामा पोजिटिभ देखिएको छ ।  पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ९१० परीक्षणमा ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६७ हजार १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ४१ हजार ५ सय ६५ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लामाे दुरीका यातायत संचालनमा ल्याइने
Next post झापाबाट ४० लाख सहित मण्डल पक्राउ