नेपालमा आज ३१०६ संक्रमित,१९१६ निकाेः १६ जनाकाे मृत्यु

१६ श्रावण २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा शनिबार थप २ हजार २ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २ सय ५६ परीक्षणबाट ८ सय २६ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ५ सय १९ परीक्षणमा ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार ९ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेकाे छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८ सय ५७ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षण ३६ लाख ३ हजार ४६५ पुगेको छ । आइसोलेसनमा ३१ हजार ३५५ र क्वारेन्टाइनमा ३८० जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अभावकाबीच हाेटलमा खाेप भेटियाेः कसरी पुग्याे छानविन गर्न माग
Next post खाेप लुकाएकाे विषयमा तालाबन्दीः दाेषाीलाई तत्काल कार्वाही गर्न विभिन्न संगठनकाे माग