६ अशाेज २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ४ सय ७८ कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ३० जनाको नमूना परीक्षणमा १ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ५९ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *