२७ असाेज २०७८ काठमाडौं– नेपालमा अाज काेराेना काेराेना संक्रमणबाट ६०९ जना िनकाे भएका छन्् भने ४ जनाकाे मृत्यु भएकाे छ। गत २४ घण्टामा ५ हजार ५ सय ९४ जनाको परीक्षण हुँदा ३६५ जना संक्रमित भएकाे मन्त्रालयले जनाएकाे छ। काेराेनाचाडवाडका कारण कोरोना भाइरस परीक्षण घट्दा संक्रमित संख्या स्वाट्टै कम भएको छ । कोभिड १९ को दोस्रो लहर सुरु भएपछि संक्रमण दर सबैभन्दा न्यून विन्दुमा पुगेको हो । नेपालमा कोरोनाबाट ११ हजार २ सय ६१ जनाको मृत्यु भइसकेको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ मा झरेकाे छ ।