क्याप्टेन विजय लामा आइशोलेशनमा
२९ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमण पछि नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा आइसोलेशनमा बस्न थाल्नु भएको छ । लामालाई कोरोना भाइरसको संक्रमणको आइतबार पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पु¥याएर फर्किएका लामालाई आइतबार स्वाबको नतिजामा पोजिटिभ देखिएको हो ।


संक्रमण पछि लामाले सार्वजनिकरुपमा नै आफूलाई कोरोना भएको बताउनु भएको छ ।
उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका १० भन्दा धेरै उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
