
१४ कार्तिक २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ४ सय ८ जना कोभिड १९ संक्रमित भएका छन् । देशभर ७ हजार ९ सय ११ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ५ सय १८ जना डिस्चार्ज भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । याे सँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ७ पुगेकाे छ । हाल देशभर ९ हजार ३ सय ७६ जना सक्रीय संक्रमित रहेका छन् ।
