शरणार्थीलाई ४ लाख ५० हजार नगद सहयोग हस्तान्तरण


१३ मंसीर २०७७, दमक
झापाको वेलडाँगी र मोरङ्गको पथरी शनिश्चरे शिविरमा बसोवास गर्ने शरणार्थीलाई नगद हस्तान्तरण गरिएको छ । लामो लकडाउनका कारण समस्यामा परेका शरणार्थीलाई तेस्रो मुलुक पूनर्वास भएका भूटानीहरुले ४ लाख ५० हजार नगद सहयोग गरेका छन् । अमेरिका रहनु हुने हरि सुवेदी, भोला पोखरेल र झापाबाट अष्ट्रेलिया नातेदारकाेमा घुम्न जानु भएका डीपी काफ्ले लगायतको पहलमा संकलित रकम भूटानी शरणार्थीका लागि पठाइएको रकम वितरणका सहजकर्ता भूटानी नेता बलराम पौडेलले बताउनु भयो ।

वेलडाँगीका लागि ४ लाख र पथरी शनिश्चरे शिविरका लागि ५० हजार शिविर व्यवस्थापन समिति मार्फत वितरण गर्न शिविर सचीव कृष्ण बहादुर लिङ्देनलाई हस्तान्तरण गरिएको छ । भूटानी शरणार्थीका अगुवा डा. भम्पा राई, नेपाल बार एशोशिएशनका पूर्व उपाध्यक्ष अशोक पोखरेल र अन्य सामाजिक अगुवाहरुको उपस्थितिमा रकम सहित माक्स समेत हस्तान्तरण गरिएको छ । याे रकम ८ सय घर परिवारलाइ प्रति घर ५ सयका दरले चाँडै वितरण गरिने शिविर सचिव कृष्णबहादुर सुब्बाले बताउनु भयाे ।

लामो समय भएको लकडाउन र शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायले राहत कटौती गर्दै गए पछि शरणार्थीको जिविकोपार्जनमा समस्या भएको पीडित शरणार्थीहरुले गुनासो पोखेका छन् । हाल तेस्रो मुलुक स्थान्तरण पछि शरणार्थी शिविरमा ७ हजार हाराहारीमा शरणार्थी रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेराेनाबाट निकाे हुने दर बढ्दैः ९१ प्रतिशत नाघ्याे
Next post आज १४०४ निकाे, १२५५ संक्रमित थपिए