नेपालमा पनि भेटिए ओमिक्रोन विरामीः २६५ नयाँ संक्रमित, ३६५ निकाे

२० मंसीर २०७८,काठमाडौं– नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ।

विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । पाेजिटिभ देखिएका दुवैले पूर्ण मात्रा खाेप लगाइसकिएकाे बताइएकाे छ । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण देखिएको छैन । हालसम्म याे ३५ वटा भन्दा देशहरूमा फैलिसकेकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । स्वास्थ्य सचिव डा पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्नुभयो । यसअघि भारतमा पनि ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

यस्तै नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ६५ संक्रमित थपिएका छन् । देशभर ८ हजार ६ सय १७ जनाको नमूना परीक्षण हुँदा २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ५७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ४३ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ६ हजार ३ सय ८६ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २४६ संक्रमित, ३४७ निकाे
Next post जनताको घर घरमा जाने योजना बनाइने, नेपालले दिए ओलीको गृह नगरमा चुनाैती