जनताको घर घरमा जाने योजना बनाइने, नेपालले दिए ओलीको गृह नगरमा चुनाैती

२० मंसीर २०७८, सारासन्देश समाचार

नेकपा एकिकृत समाजवादी पार्टीलाई मजबुत बनाउन अध्यक्ष माधव कुमार नेपालले जनताको घर घरमा अापफ्ना कार्यकर्तालाइ निर्देशन दिनु भएकाे छ । सोमबार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा सम्पन्न भएको नेपाल खेलकुद महासघं प्रदेश १ कमिटीको प्रदेश भेलालाई सम्बोधन गर्दै नेपालले पार्टीलाई देशब्यापी बनाउने र जनताको घर घरमा जाने योजना सार्वजनिक गर्दै गर्दा पार्टी सञ्चालन गर्न आवश्यक रकम जनताबाटै संकलन गरेर जनताकै इच्छामा उनीहरू माझ नै खर्च गर्न अाग्रह गर्नु भयाे । पार्टीको चुनाव चिन्ह कमल अंकीत स्टिकर लिएर टोल टोलमा जाने र जनताबाट सहयोग र सदभाव लिने कार्य गरिने उहाँले बताउनु भयो ।

फरक प्रसङ्गगमा बोल्दै उहाँले झापाको केपी ओलीको गृह नगर दमकमा पनि आफ्नो पार्टीको समर्थकको भिड देखेर आफु दंग भएको बताउनु भयो । उहाँले ओलीलाई इकित गर्दैै झापामा समाजवादीको लहर कस्तो रहेछ भन्ने कुरा देखाइदिएको बताउनु भयो । यस्तै उहाँले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई सवैलाई स्वीकार्य हुने विवाद रहित नाम राखेर चाँडो प्रदेशको नामाकरण गर्न निर्देशन समेत दिनु भएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसो पार्टीको अध्यक्ष बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा आज ( सोमबार ) पहिलो पटक सम्बोधन गर्नु भएकाे हाे । सो पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीले ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमक नगरमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई अध्यक्ष नेपालले सम्बोधन गर्दै झापामा पार्टी कार्यकर्ता तथा समर्थक , शुभेच्छुकहरुको उपस्थिती देखेर आफू उत्साहित भएको बताउनु भयाे । नेपालले अगाडी भन्नु भयाे, “झापा भनेको एमालेको मात्रै हो भन्ने तर्क आजैदेखि गलत प्रमाणित भएको छ ।” प्रदेश एकका विभिन्न जिल्लाबाट सहभागी भएका खेलाडी तथा पार्टी कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको सो भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी कार्यकर्ताहरुलाई जनतासंग जोडिएर कृयाकलापहरु अघि बढाउन निर्देशन दिनु भयाे । उनले पार्टी सञ्चालनका लागि जनतासंग स्वैच्छिक रुपमा सहयोग वा चन्दा लिएर जनताकै सेवामा खर्च गर्न पनि आव्हान गर्नु भयाे ।

महासंघ समाजवादीका प्रदेश अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा पार्टीका प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत, केन्द्रिय सचिव एवं १ नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्र राई, महासंघका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव बहादुर विष्ट लगायतले पनि शुभकामना मन्तव्य राखेका छन्। पार्टीका दमक नगर कमिटी अध्यक्ष महेश घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा प्रदेश इञ्चार्ज हंसराज वाग्लेले स्वागत मन्तव्य राख्न्नु भयाे । सो अवसरमा विभिन्न बिधाका खेलाडीहरुले खेलका प्रस्तुती पर्दशन गरेका छन् । कार्रक्रममा खेलकुदको व्यवसायिक बिकास, राष्ट्रिय खेलकुद नीति, खेल क्षेत्रका सम्भावना र चुनौतीहरुका बिषयमा पनि प्रशिक्षण सञ्चालन भएको एकीकृत समाजवादीका जिल्ला प्रचार विभाग प्रमुख तिर्थ सिग्देलले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पनि भेटिए ओमिक्रोन विरामीः २६५ नयाँ संक्रमित, ३६५ निकाे
Next post नेपालमा आज ३१५ संक्रमित, ३०४ निकाेः २ जनाकाे मृत्यु